आज: २०८१ आश्विन २२, मंगलबार
ePaper
होमपेज /  Breaking News

बर्षाले अवरुद्ध ग्रामिण सडक खोल्दै छायाँनाथ रारा नगरपालिका

  • रारा रैबार
  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित
  • ७३२ पटक पढिएको
  • रारारैवार संवाददाता
    भदौ १७ मुगु
    लगातारको बर्षाले अवरुद्ध रहेका आफना नगर क्षेत्रका ग्रामिण सडकहरु खुलाउन यहाँको एक स्थानिय तहले सडक मर्मत कार्य शुरु गरेको छ ।जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले बर्षाका कारण अवरुद्ध रहेका नगर क्षेत्र भित्रका अन्तर वडा र राष्टिय सडक जोडने ग्रामिण सडकहरुको खुलाउन आईतबारबाट शुरु गरेको हो ।बर्षाको पानीले सडकहरु कटान गरेको,पहिरो आएको र सडक भासिना जिल्ला सदरमुकाबाट नगरक्षेत्र भित्रका सडक पुगेका १३ वटा वडाहरु जोडने सडकहरु एक महिना यताबाट अवरुद्ध हुदै आएका थिए ।नगरपालिकाको आफनै स्काभेटर भएकाले यो बर्ष अवरुद्ध सडक खुलाउन सहज भएको छ ।

     

    विगत बर्षहरुमा प्राईभेट स्काभेटर गुहार्नु पर्ने र त्यसमा पनि समय मै काम सम्पन्न नगरी दिने अवस्थाले नगरबासीले सास्ती भोग्दै आएका थिए नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो । बर्षाको पानीले गमगढी–बालै–राताचौर सडक,गमगढी–तारापानी सडक–गमगढी–रोवा सडक अवरुद्ध हुदै आएका थिए । नगरको स्काभेटरले आइृतबार गमगढी–तारापानी,सोमबार गमगढी–बालै–राताचौर सडकको ठाँउ ठाँउमा आएको पहिरो,भासिएको जमिन पन्छाएर सडक खुलाएको छ भने गमगढी–रोवा सडकको को पनि पटक पटक अवरोध हटाएर सडक सुचारु गरिएको छ ।

     

    ग्रामिण सडक खुलेपछि साविक झै स्थानियहरुलाई सदरमुकाम आवत जावत गर्न र विरामीलाई गाँउबाट जिल्ला अस्पतालसम्म एम्वुलेन्स सेवा लिन सहज भएको छ भने गाँउका उत्पादनहरु बजारसम्म र बजारमा उपलब्ध आफना आवश्यक सर सामान घर लिन पनि सजिलो हुने भएको छ । नगरभित्रका यी तिन सडक सहित गमगढी–नाउर–कार्कीवाडा,चौतारा–ढुम–कार्कीवाडा,हाईवय–रारा विमानस्थल र ताल्च–सल्लेरी–मिली सडक पनि शुचारुका लागी त्यहाँ आएको पहिरो लगायत अन्य अवरोध हटाउने कार्य पनि गर्ने नगरपालिकाले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस