आज: २०८२ बैशाख ३०, मंगलबार
ePaper
होमपेज /  Breaking News

गमगढी बजारमा अवैधरुपमा ब्यापार ब्याबसाय सञ्चालनमा

  • रारा रैबार
  • २०७७ आश्विन २७, मंगलबार मा प्रकाशित
  • १०२४ पटक पढिएको
  • रारा रैवार संवाददाता
    मुगु असोज २७ मुगु
    मुगु जिल्लाको एक मात्र ब्यापारीक केन्द्र मुगु सदरमुकाम गमगढी बजारमा अवैध रुपमा ब्यापार ब्याबसाय सञ्चालन गरिएको पाईएको छ । जिल्ला प्रशासन कार्यलय मुगुको अगुवाईमा तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको समन्वय र जिल्लाका सरोकारवाला निकायका ब्यत्तिहरुले गहेको १९ गते बाट २५ गते सम्म गरेको बजार अनुगमनकाक्रममा गमगढी बजारमा अवैध रुपमा ब्याािर ब्याबसाय सञ्चालन भएको पाईएको हो ।

    बजारमा कालो बजारी भएको जन गुनासो ब्यापक आईरहेका बेला बजार भित्र कालो बजारी छ छैन ? ब्याबसाय दर्ता गरे नगरेको ? अखाद्य बस्तु विक्रिवितरण गरे नगरेको यर्थष्ट जानकारी लिन जिल्लाका सरोकारवाला निकायले अनुगमन गर्ने क्रममा गमगढी बजारमा ब्यापक रुपमा अवैध रुपमा ब्यपार ब्याबसाय सञ्चालन गरेका भेटीएको अनुगमन टोलीले प्रतिबेदनमा उल्लेख गरेको छ ।

    गमगढी बजारमा सञ्चालीत १ सय ९२ ब्याबसाय मध्ये ५३ ब्यापार ब्याबसाय दर्ता नगराइ सञ्चालन भएका ,मासु जन्य ब्याबसाय १४ मध्ये १० दर्ता नगराई सञ्चालनमा रहेका २१ जनाले मदिर बिक्रि वितरणको इजाजत पत्र नलिई मदिरा बिक्रि गरेका ,२९ गोटा ब्याबसायले सुर्तिजन्य पदार्थ बिक्रि वितरणको ईजाजत पत्र नभई सुतिजन्य पदार्थ बिक्रि गरेका कुनै पनी ब्याबसायले मुल्य सुचि नराखेका ,अधिकांसले साईनवोड नराखेका र बिल जारी नगरी ब्यापार ब्याबसाय गरेका अनुगमन कर्ता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख मान बहादुर खत्रीले जानकारी दिए ।

    बजार अनुगमनका क्रममा म्याद गुज्रेका सब्जी मसाला १ हजार ४५ पिस सेन्चुरी मिट मसाला ४ सय ४७ पिस तेल १३ पिस कुरमुरे २१ पिस रेड लेवल चिया १३ पिस कृष्ण भुजा १३ पिस ,पुरनदाना १ पाकेट ,चिउरा ६ पाकेट विगुल सुचि ६४ पाकेट बेसार ३८ पिस स्वायविन सस ७ बोतल दालमोट १४ पिस बलगम ७५ पिस सेन्चुरी खुर्सानी ५३ ,सेन्चुरी जिरा १० गुल्कोज २४ पिस म्याद गुज्रेका समाना भेटीएका र त्यस्ता सामाना बरामद गरी नस्ट गरीएको कार्यलय प्रमुख खत्रीले बताए । यसै बिच अनुगमन कर्ताले बजार आसपासका छायाँनाथ रारा नगरपालिका भित्र पर्ने चैन ,चौतार बजारमा पनी अनुगमन गरी म्याद गुज्रेका सामाग्री नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस