आज: २०८२ अषाढ १७, मंगलबार
ePaper
होमपेज /  Breaking News

मन्त्री बुढाले ले पनि छाडे ओली समूह

  • रारा रैबार
  • २०७७ पौष २१, मंगलबार मा प्रकाशित
  • १३५२ पटक पढिएको
  • रारा रैवार संवाददाता
    पुस २१ मुगु

    कर्णाली प्रदेशका अर्का मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी नेकपा छाडेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेका छन्।

    प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा रहेको स्पष्ट पारेका छन्। आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश्यक रहेको भन्दै आफू नेकपाको मुलधारमा नै रहेको बताएका छन्।

    यसअघि पनि ओली समूहका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड–नेपाल समूहमा लागिसकेका छन्। रावल र बुढा ओली समूहको तर्फबाट प्रदेश सरकारमा मन्त्री बनेका थिए।

    प्रतिक्रिया दिनुहोस