रारा रैवार संवाददाता
माघ ७ मुगु
मुगुमा एक जना शिक्षक लाई दाउरा प्रहार गरि घाईते बनाईएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई छायाँनाथ रारा नगरपालिका वडा नं ७ पिना का ३४ बर्षिय ऐन बहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबार मदिरा सेवन गरेका र राति ११ बजे एक आपसमा झगडा भई बंमले दाउरा प्रहार गरि शिक्षक रावल लाई घाईते बनाएको बताए ।
यता घाईतेका जेठान दिर्घ राज ऐडिका अनुसार बिद्यालय बाट घर फर्किने क्रममा खाजा खान डाँफे होटलमा गहेका र त्यहि मौकामा ऐन बहादु बमंले आफनो ज्वाई लाई कोठामा थुनेर मरासन्ण हुने गरी कुटपिट गरेको बताए । अचेत अवस्थामा रहेका घाईते रावलको टाउकोमा तिन ठाउँमा गहिरो चोट छ ।
अहिले रावलको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ । झगडाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस