रारारैवार संवादाता
माघ १८ मुगु
जिल्लाको छायानाथ रारा नगरपालिका १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका समाजसेवि अक्कल बोहोराले छायाँनाथ रारानगरपालिका वडा नं १३ दलित वस्ती रुगा गाउँमा बाटो पिसिसि गरि दिएका छन ।
प्रत्येक बर्ष आफनो गृह जिल्ला मुगु आउने र आफै कामगरी समाजसेवामा लाग्ने बोहोराले यो बर्ष पनी गृह जिल्ला मुगु पुगेर जिल्लाका बिभिन्न गाउँ वस्तीमा नागरिकका आवश्यकता अनुसारका काममा लगानी गरेर समाज सेवा गरेका हुन ।
सशस्त्र प्रहरीका पूर्वराष्ट्रिय धावक समेत रहेका समाजसेवि बोहोरा स्पेशनमा रारा कफि नामक होटल ब्याबसाय गदै आएका छन । त्यहि ब्याबसाय बाट बोहोराले केहि पैसा बचाएर विगत केहि बर्ष देखि बिभिन्न सामाजिक क्षेत्रमा लगानी गरी समाजसेवा गदै आएका र यो बर्ष बोहोराले छायाँनाथ रारा नगरपालिका वडा नं १३ छिमेकि गाउँ रुगा दलित वस्तीमा १ किलोमिटर बराबरको बाटो पिसिसि गरेका र सोहि वडाको थार्प गाउँमा देवता थार्प मस्टाको नाममा धारा निमार्ण तथा थार्प गाउँको लागी आफनो आमा गोरी बोहोराको सम्झनामा कर्णाली नदिमा शबदा गृह निमार्ण गरेका छन ।
एक महिनाका लागि जन्मस्थल मुगु आएका बोहोराल जनप्रतिनिधले गर्न नसकेका उदारणीय काम गरेका भन्दै बोहोरा लाई सबैले प्रशंसा गर्नुका साथै भगवानाका रुपमा हेर्ने गरेका छन रुगा गाउँका धनलाल लावडका अनुसार फोहोरले गर्दा रुगा गाउँ सबैभन्दा रुगा खोकिको लागी डर लाग्दो गाउँ हो ।
फोहोर र दुर्गन्धित गाउँलाई अक्कल बोहोराले रुगा गाउँको बाटो पिसिसि गरेर रुगा गाउँलाई स्वच्छ बनाउन गरेको कामलाई सबै नागरिकले प्रशांसा गरेका बताए । उनका अनुसार हिजोका दिनमा रुगा गाउँ फोहोर थियो अब पिसिसि भई सफा भएको र रुगा खोकि,बिमार नलाग्नेमा ढुक्कभएको लावडको भनाई छ ।
१२० घरधुरी रहेको रुगा गाउँमा १ किलो मिटर बाटो पिसिसि निमार्ण गर्न र थार्प गाउँमा धारा निमार्ण तथा आमाको सम्झनामा कर्णाली नदिमा शवदा गृह निमार्ण गर्ने करिब १० लाख लागत लागेको जानकारी दिनुका साथै यस काममा सहयोगको लागी अमेरीकामा बस्दै आएका दिपक रावतले १६ बोहोरा सिमेन्ट सहयोग गरेका पनि बोहोराले बताए ।
उनी भन्छन् ’हामीले आफैँ केही गर्न सक्छम अर्काको मुख ताक्ने बानीको विकास भइरहेकाले त्यसको अन्त्य गर्न र जनप्रतिनिधिलाई समाजमा विकास गर्न सिकाई होस भन्ने हिसाबले यो कार्यको थालनी गरेको हुँ । आजसम्म आफूले मुगुलगायत जिल्लाबाहिरका भूकम्पपीडित, बाढीपीडितहरुलाई पनि सहयोग गरेको धावक बोहोराले बताए । आजसम्म बिभिन्न देशमा सहयोग गर्नुका साथै लाखौ भन्दा बढी ठाउँमा सामाजिक सहयोगमा आफूले स्वैच्छिक रूपमा सहयोग गरेको उनले बताए ।
बोहोराले यस अघिका बर्षमा पनी मुगु पुगेर छायानाथ रारा नगरपालिकाको वडा नम्बर १३ थार्पमा ३०० मिटर तथा छिमेकि गाउँ लापुगाउँमा ७० मिटर बाटो पिपिसी गरी समाजको उदाहरणीय काम गरेका स्थानीय बताउँछन्।
रुगामा मिलको ब्याबस्थापनी गर्ने
समाजसेवि तथा पूर्व राष्टिय धावक बोहोराले छायानाथ रारा नगरपालिका १३ स्थित रुगा गाउँको लागी कुटानी पिसानीकोसमस्या रहेको भन्दै मिलको पनि ब्याबस्था गरिदिने बताए । अन्न पिस्न घण्टौ हिड्ेर छिमिकि गाउँको परम्परागत घट्मा गई अन्न पिस्न बाध्य भएकाले रुगा गाउँको लागी मिलको पनी ब्याबस्थ गरिदिने र यस्तो गर्दा अझै नागरिक लाई राहातको महशुस हुने समाजसेवि बोहोराले बताए ।
यस्तै बोहोराका बच्चैदेखिका साथी हरुका अनुसार अक्कलको सानै उमेरमा चन्चले, मयालु, दयालु सबैलाई सहयोग गर्ने भावना भएको बताए । अहिले पनि मुगुका सबै दुखमा साथ दिँदै आएका बोहोरालाई मुगाली जनताले हरप्रकारले भगवाना मान्ने गरेको उनीहरुको भनाइ छ । यति मात्र हैन बोहोराले मुगु जिल्लाका गरिब दिन दुखीलाई, मिर्गौलापीडितदेखि दीर्घरोगी, आगलागीपीडित, विद्यार्थी, केही गर्न सक्ने प्रतिभा भएकालाई आर्थिक सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस