आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

मुगुमा हुड्के र देउडा खेल बाट ओलीको विरोध 

  • रारा रैबार
  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित
  • ८३० पटक पढिएको
  • रारा रैवार संवादाता
    माघ २० मुगु
    हिमाली जिल्ला मुगुमा हुड्के नाच्दै देउडा गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । गहेको महिना पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै देश भर विरोध प्रर्दशनका कार्यक्रम भईरहेका बेला नेपाली काग्रेश मुगुको भातृ संस्था नेपाल तरुणदल, नेबि संघ ,दलित संघ , महिला संघ लगायत भातृ संस्थाको आयोजनामा हुड्के नाच्दै देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोध गरेका हुन् । सदरमुकाम गमगढी बजारमा हुड्के नाच्दै देउडा गीत गाउदै पुरुष ,महिलाहरूले ’केपी त्यह्रो पाराले दुख पाए साराले, कम्युष्टको वेपता काग्रेशको एकता ’ जस्ता टुक्का रचेर देउडा प्रदर्शन गरेका थिए । नेपाली काग्रेश मुगुका पार्टी उप सभापती खगेन्द्र बहादुर मल्लका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सबिधान विपरित भएको र सविधान माथि बलात्कार गर्ने राष्ट्रघाती केपी शार्मा ओली भएको भन्दै विरोधमा उत्रिएको बताए । उनले भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरीब जनताको पसिना र शहीदको रगतले लेखिएको संविधानको अपमान गरेका छन् । कार्यक्रममा अधिकांश वक्ताले केपी ओलीले राष्ट्र विरोधी कदम चालेकाले देश बचाउन अब कागे्रशको आवश्यकता देखिएको बताएका छन । नेपाली काग्रेशले सबिधानको रक्षाका लागी आफूहरूले विरोध गरेको नेता तथा कार्याकताले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस