आज: २०८१ कार्तिक २५, आईतबार
ePaper
होमपेज /  Breaking News

ओझेलमा कर्णालीका तातोपानी ( फोटो फिचर )

  • रारा रैबार
  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित
  • ११३० पटक पढिएको
  • रारा रैवार संवाददाता
    माघ २० मुगु
    कर्णाली प्रदेश धार्मिक तथा पर्यटकीय क्षेत्रले भरीपुर्ण छ । तर,कर्णालीमा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार नहुदाँ कर्णालीमा रहेका पर्यटकीय सम्भावाना बोकेका यस्ता तातोपानी ओझलमा छन ।त्यस्तै ओझलमा छन जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ जर्मि गाउँमा रहेको तातोपानी मुगुको सोरु गाउँपालिकाको वडा नं ८ जिमा मा रहेको तातोपानी,छायाँनाथ रारा नगरपालिकाको १३ भैसी कुन तातोपानी र हुम्लाको खार्पुनाथ गाउँपालिकामा वडा नं ४ मा रहेको खार्पु तातोपानी ।

    मुगु तातोपानी

    कर्णाली प्रदेशका तातोपानी धारा,कुवा कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन । यस्ता यि कुवा , धारामा नुहाएमा कर्णाली प्रदेशका तिन जिल्ला मुगु,जुम्ला र हुम्लामा तातोपानी आउने धारा कुवा छन तर यस्ता तातोपानीको प्रचार प्रसारको अभावले ओझलमा छन ।

    मुगु तातोपानी

    कर्णालीका यस्ता तातोपानीमा स्नान गरे बाथ रोग,सामान्य बिरामी, शरीर दुख्ने, टाउको दुख्ने शरीरका गाँठागुठी दुख्ने हाडजोर्नीका समस्या ,राँगान , शरिर चिलाउने ,अनुहारको चाया पोतो पेटसम्बन्धी रोग निको हुनेर हाड सम्वन्धि बिभिन्न रोग निको हुने जनबिश्वास रहेको छ ।

    जुम्ला तातोपानी

    कर्णालीका तातोपानी धाराको प्रचार प्रचार हुनसके अझैँ धेरै पर्यटक आउने स्थानीयको भनाइ छ । गर्मी सिजन भन्दा चिसो मौसमा तातोपानी धारामा नुहाउन तथा घुम्न जानेको संख्या बढ्ने गर्दछ । मुगुको सोरु गाउँपालिकाको जिमा तातोपानी र छायाँनाथ रारा नगरपालिकाको भैसी कुन तातोपानी ,जुम्लाको तातोपानी गाउँपालिकाको जर्मी गाउँमा रहेको तातोपानी र हुम्लाको खार्पुनाथ तातोपानी कुवा, धारामा बाहै्र महिना तातोपानी बगिरन्छ ।

    जुम्ला तातोपानी

    बिराम लागे तातोपानी कुण्डमा स्नान गरेमा विशेषगरी बुढापाकाहरूलाई तातोपानीले धेरै फाइदा हुने स्थानीइको भनाइ छ । सामान्य बिरामी लागेका मान्छे तातोपानीमा स्नान गरे निको भएको महशुस गरी घर फिर्ता हुने गरेको तातोपानी गाउँपालिका वडा नं २ जुम्लाका छक्क बहादुर बुढाले बताए ।
    तर, मुगु, हुम्ला र जुम्लाका तातोपानी कुवा र बनाइएका धारा व्यवस्थित छैनन् । अरु जिल्लका तातोपानी धारा भन्दा जुम्लाको तातोपानीमा दैनिक नुहाउन आउनेको संख्यामा वृद्धि भएपनि उचित व्यवस्थापन हुन सकेको छैन् ।

    हुम्ला तातोपानी

    अरु जिल्लाका तातोपानी भन्दा जुम्ला तातोपानी धारमा स्नान गर्न जादाँ नियम बनाईएको छ । जिल्ला भित्रका लागी २० र बाहिर जिल्लाका लागी ३० रुपैया शुल्क लिने गरेका भएपनी धारा भने ब्यबस्थित छैनन् । अन्य जिल्लामा नियम पनी छैन र धारा कुवा झनै ब्यबस्थित छैनन् ।
    कर्णाली प्रदेशमा रारा, ताल मानसरोवर , चन्दनाथ मन्दिर , छायाँनाथ मन्दिर मात्रै हैन यस्ता तातोपानी कुण्ड पनि छन । कर्णली प्रदेश सरकार र स्थानीय सरकारले कर्णाली प्रदेशका तातोपानीमा पर्यटक भित्र्याउन खासै चासो देखाएको पाइँदैन ।


    हुम्ला तातोपानी

    प्रतिक्रिया दिनुहोस