आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

दुर्गमका संचारकर्मीलाई सहजको लागि घुम्ती शिबिर

  • रारा रैबार
  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित
  • ६४४ पटक पढिएको
  • रारा रैबार सम्वाददाता
    मंसिर ८ मुगु

    हिमाली जिल्ला मुगुमा पहिलो पटक बुधबार देखि संचार घुम्ती शिबिर संचालन गरिएको छ । सुचना तथा प्रसारण बिभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिबिर संचालन गरिएको हो ।

    उक्त संचार घुम्ती शिबिरमा जिल्लामा कार्यरत संचारकर्मीलाई क्षमता बिकास तालिम र प्रेस प्रतिनिधि प्रमाण पत्र बितरण नबिकरण तथा अनलाइन संचारमाध्यम दर्ता गरिने भएको छ । जिल्लामा कार्यरत संचारकर्मीलाई सहजको लागि संचार घुम्ती शिबिर संचालन गरिएको सुचना तथा प्रशारण बिभागका महानिर्देशक सुदिप भट्टराइले बताए ।

    उनका अनुसार दुर्गमका संचारकर्मीको दुःख पिडालाई ध्यान दिएर बिगत बर्ष देखि बिभागले हिमाली जिल्लामा संचार घुम्ती शिबिर संचालन गर्दै आएको छ । सुचना तथा प्रशारण बिभागले मुगुमा संचालन गर्न लागेको संचार घुम्ती शिबिरले संचारकर्मी मित्रलाई थप टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

    दुर्गमका संचारकर्मीको हितको निम्ति राज्य पहिलो पटक उपस्थित हुदा खुशी लागेको नेपाल पत्रकार महासंघका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको भनाई छ । बिभागले प्रदान गर्न लागेको क्षमता बिकास तालिम र प्रेस प्रतिनिधि प्रमाण पत्र अनलाइन संचारमाध्यम दर्ता जस्ता महत्वपूर्ण कुराले यहाका संचारकर्मीले उत्साहित भएको अध्यक्षको भनाई छ ।

    पत्रकारको लेखनबृद्धि समाचारसंकलन अन्त्रबार्ता, फिचरलेखन, अवलोकन लगाएतको जिल्ला स्थित संचारकर्मीलाई तिन दिन सम्म प्रशिक्षण डा बिजय मिश्रले दिनु हुने सुचान तथा प्रशारण बिभागका शाँखा अधिकृत केशबराज शर्माले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस