आज: २०८१ चैत्र ८, शनिबार
ePaper
होमपेज /  Breaking News

जनआल्दोलनको घाईते केटो जो महामन्त्रीमा लड्दै छ

  • रारा रैबार
  • २०७८ मंसिर १९, आईतबार मा प्रकाशित
  • ३६६ पटक पढिएको
  • मोहन कुमार मल्ल
    मुगु मंसिर १८ गते,


    कुरा हो दोसो्र जनआन्दोलन ०६२÷०६३ ताकाको तत्कालिन राजा ज्ञानेन्द्रले दलहरुमाथी प्रतिवन्ध लगाई शाही शासन गरिरहेको बेला शाही शासन विरुद्घ देशभर आन्दोलन चर्कीरहेको थियो ।हिमाली जिल्ला मुगुमा सात दलहरुले दिनहु आन्दोलन गरिरहेका थिए । मुगुमा भैरहेको आन्दोलन मध्य युवाहरुको आन्दोलनको नेतृत्व गरिरहेका थिए २५ वर्षिय युवा खगेन्द्र मल्ल । हेर्दा खाई लाग्दो ज्युज्यान भएका,लक्का जवान,भाषण आक्रमक,राजा र राजसस्थाले गरेका जनविरोध काम बारे पाटीका नेता भन्दा फरर भाषण गर्दा युवाहरु त्यसै जोसिन्थे । आन्दोलन कै क्रममा आन्दोलन दवाउन शाही सेनाले बल प्रयोग गरिरहेको थियो । यसै क्रममा युवालाई जोस्साउने युवा नेता खगेन्द्र बहादुर मल्ललाई सेनाले निसानामा राखी वुटै वुटले महाकाली विद्यालयको चौरमा कुट्यो अर्धचेत भएपछि सेनाले उनलाई छोडयो र अन्य आन्दोलनकारीलाई तितर वितर पार्न लाग्यो । घाईते भएका युवा मल्ललाई मुगुका काँगे्रस नेताहरुले हेलिकप्टर मार्फत उपचारका लागी नेपालगंग पु¥याए नेपालगंजमा उपचार सम्भव नभएपछि उहाँलाई भारतको लखनउ स्थित पिजिआई अस्पतालमा उपचार गर्न लगियो । नेपालको आन्दोलनमा घाईते भएको थाहा पाएपछि पिजिआई अस्पतालले पहिलो प्राधमिकतामा राख्दै आषधी उपचारमा कहि सहुलियत दिएर उपचार ग¥यो र टाउकोमा गहिरो चोटो लागेको सिटीस्क्यानबाट थाहा भएपछि १ महिनासम्म त्यतै उचचार गरियो । यता नेपालमा राजसस्थाको अन्त्य भयो सातदलहरु संसदमा आए ।
    जुन व्यवस्थाको लागी घाईते भयो सोहि व्यवस्था गणतन्त्र शासन पद्दती आएर देशमा चलिरहेको १५ वर्ष पछि सोहि व्यवस्था अनुसारको पाटी संरचना अनुसार नेपाली काँगे्रसको देशभर १६ गतेबाट भैरहेको प्रदेश अधिवेशन अन्तरगत कणाली प्रदेशको अधिवेशन उहि दोसो्र जनआन्दोलन बालबाल बचेको केटो पाटीको प्रदेश समितीको महामन्त्रीमा उम्मेदवार भएको छ । काँगे्रस कार्यकर्ताहरुले कसरी मुल्याङ्गकन गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।
    अहिले उहाँसंगै महामन्त्रीमा ४ जनाको उम्मेदवारी छ । गुटउपगुटले ग्रस्त काँगे्रसमा उहाँ रामचन्द्र प्यानलबाट महामन्त्रीको उम्मेदवार हुनुहून्छ । उहाँको प्यानलबाट सभापतीमा कालिकोटका भुपेन्द्र शाही उम्मेदवार हुनुहुन्छ ।
    २०४८ साल देखि विद्याथी संघको कार्यकता रहेर राजनिती गदै आएनु भएका मल्ल मुगु विद्याथी संघकोे अध्यक्ष हुदै नेपाली काँगे्रसको जिल्ला कार्य समितीको उपसभापतीसम्म पुग्नु भएको थियो । हाल नि वर्तमान उपसभापती रहनु भएको उहाँ काँगे्रस जिल्ला नेताहरु मध्य फरक स्वभावको हुनुहुन्छ ।
    उहाँ आफै भन्नुहुन्छ म अन्य नेता जस्तै होईन म विपिको अनुयाहि र गगन थापाको कार्यकर्ता हु । परम्परागत राजनितीलाई सुधार गदै आधुनिक सामाज सुहाउदो राजनिती गर्न चाहन्छु । म आहान्छु काँगे्रसको नेता निस्कलङ्क होस,हजार पेशा भएको नहोस,जनसेवा भएको होस,काँगे्रस भएर विपक्षसंग साटगाठ नगरोस,देशको नियम कानुन मिच्नेलाई पक्षपोषण नगरोस,पाटीको सस्थागत निर्णयबाट मात्र कार्यसंचालन गरोस । जिल्लामा यस्तै विचार राखेर एकलब्य जस्तै एग्लै लड्दै गएका मल्ल विद्यार्थी जिवनमा जय नेपाल साँस्कृतिक परिवार नाम नेपाली काँगे्रसको भातृ संगठन गठन गरि त्यसको नेतृत्व गदै २०५१,२०५६ र २०६४ सालमा काँगे्रसको सिदान्त,विपिवाद,काँगे्रसले गरेका काम,काँगे्रस किन हुने,रुखमा भोट किन दिने,कम्युनिष्ट कोे हुन ,यिनको शासन कस्तो हुन्छ,लोकतन्त्र के हो भन्ने बुझाउन साँस्कृतिक टिम बनाई गाँउ गाँउमा साँस्कृतिक कार्यक्रम,देउडा खेल्दै प्रचारमा होमिनु भएको थियो ।
    जुन व्यवस्थाका लागी लडे साहि व्यवस्थाको पाटी संरचना बनाउन चलाएमान गर्न म महामन्त्रीमा लडेकोछु विश्वास मलाई मतदाताहरुले मतदान गर्नुहुनेछ म जितु या हारु जे परिणाम आएपनि मैले ज्यानको बाजी लगाए आन्दोलन गरेको शासन पद्घती सफल होस यहि कामना छ उहाँ भन्नुहुन्छ ।
    प्रष्ट वक्त्ता,विपक्षसंग तथ्य र तर्कसंगत प्रतिवाद गर्ने,राजनिती भन्दा अर्को काममा व्यवस्त नरहेका महामन्त्रीका उम्मेदवार मल्ल युवाहरुको रोजाईमा पर्ने लोकप्रिय युवा नेता हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस