रारारैवार संवाददाता
मंसिर २७ मुगु
गहेको कार्तिक २९ गते छायाँनाथ रारा नगरपालिका वडा नं २ मुगु सदरमुकाम गमगढी तल्लो बजारमा भिषण आगलागी भयो । आगलागी बाट २१ घर जलेर नष्ट हुनुका साथै करोडौको धनमालको क्षतिभयो । आगलागी बाट २१ घरका साथै तिनि घरमा ब्याबसाय गदै आएका, घरभाडा बस्दै आएका र स्वयम घरपरिवार गरेर करिब ८४ जना आगलागीकै कारण विस्थापति हुन पुगे ।
आगलागी पश्चात बिभिन्न निकाय,समाजिक संघ संस्था बाट राहात दिने क्रम निरन्तर जारीनै छ । त्यसैक्रममा आईतबार अन्तर धार्मिक राष्ट्रिय सँजाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिलाहरुको सहयोगमा आगलागी पिडितहरुका बालबालीका ६५ जना बिद्यार्थीहरुको लागी न्यानो कपडा र झोला राहत स्वरुप सहयोग गरिएको छ ।
आगलागिबाट पिडित घर परिवारका बालवालिकाको लागी अन्तरधार्मिक आगलागि राष्ट्रिय सँजाल नेपाल र सामाजिक अभियान्ता चेतना शाही लगायत अन्य मनकारी महिलाहरु कमला पन्थी, नाहिदा बानु, मोना आदित्य, लगायतका महिलाहरुले सहयोग बाट आगलागी बाट पिडित ६५ जना बालवालिकाहरुको लाई न्यानो कपडा र झोला प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतको हातबाट राहात सामाग्री सहयोग गरिएको छ ।
यस अघिपनि आगलागी बाट पिडितहरुको लागी चेतना शाही लगायत उनै समाजसेवी महिलाहरुको सहयोगमा ५० वटा फाईबर कम्बल र सत्यसाईरामको सहयोग तथा चेतना शाही र विना श्रेष्ठको सहयोगमा २१ घरदुरी लाई खाद्ययन्न र बाल्टीन पनी सहयोग गरिएको थियो ।
यो समयमा पनि चिसो मौसम शुरु भएसंगै आगलागी बाट पिडित भएकाहरुलाई समस्या समधानका लागी न्यानो कपडा स्वईटर र बालवालिकाहरुको पढाईमा सहजको ६५ जना बालबालीकाको लागी न्यानो कपडा र झोला वितरण गरिएको समाजसेवि महिला अभियान्ता चेतना शाहीले बताईन ।
उनका अनुसार आगलागी पिडितहरुलाई तत्काल केहि राहात होस भन्ने उदेश्यका साथ मनकारी महिलाहरुको अभियानबाट संकलित रकमले सानो भए पनि आलोघाउमा मलम लगाउने प्रयास गरेको समाजिक अभियान्ता शाहीको भनाई छ
आगलागी पिडितहरुको पुर्नस्थापानाको लागी समाजसेवि तथा सामाजिक अभियान्ता चेतना शाही, अन्य समाजसेवि महिलाहरु लगायत अन्तर धार्मिक राष्ट्रिय सँजाल नेपाल र सत्यसाईरामको सहयोग करिब ६ लाख बराबरको राहत सामाग्री सहयोग गरिएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस