काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्र लेखेर आमन्त्रण गरेपछि देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
गुरारात फेष्टिभलमा सहभागी हुनका लागि मोदीले देउवालाई बोलाएको नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले जानकारी दिए । फेष्टिभलमा सहभागिताका लागि आमन्त्रण गरिएकाले स्टेट भिजिट भने हुने नहुने निश्चित भइनसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस