मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं १३ थार्प गाउँ निवासी तथा हाल स्पेनमा बस्दै आएका सशस्त्र प्रहरीका पुर्वराष्टिय धावक अंकल बोहोरा विगत केहि बर्ष देखि दिनदुखीका सारथि बनेका छन । उनले विपत्तमा परेका भुकम्प पिडित,बाढीपिडित मृगौला पिडित जो कोहि ब्यत्तिलाई सहयोग गदै दिनदुखीका सारथि बनेका हुन । विगत बर्षहरुमा पनि विपत्तीमा परेका नागरिकलाई सहयोग गदै आएका बोहोराले यो समयमापनि मुगु पुगेर गहेको कार्तिक २९ गते छायाँनाथ रारा नगरपालका वडा नं १ तल्लो बजारमा आगलागीबाट क्षतिग्रस्त भएका नागरिकलाई राहात स्वरुप नगद सहयोग गरेका छन ।
सोमबार जिल्ला प्रशासन कार्यालय मुगुमा एक कार्यक्रमको आयोजना गरेर भिषण आगलागीबाट पिडित भएका ८ं० घरपरिवार लाई राहत स्वरुप नगद सहयोग गरेका छन । आगलागीमा पुरै घर जलेकालाई घरदुरी लाई २० हजारका दरले र घरमा ब्याबसाय गदै आएका हरुलाई ३ हजार र घरभाडाँमा बस्दै आएकाहरुलाई १ हजारका दरले राहात पिडित गरिएको छ । यो सहयोग आफनो ब्यत्तिगत ५० हजार र अन्य बिदेशमा रहेका मनकारी साथिको सहयोमा ४ लाख ७० हजार जम्मा गरेर आगलागी पिडितलाई सहयोग गरेको दिनदुखीका सारथि अंकल बोहोराले बताए । उनका अनुसार यो स्वैच्छिक रुपमा गरिएको सहयोग हो ।
यस्ता सहयोग आफुले मुगु लगायत जिल्ला बाहिरका भुकम्प पिडित, बाढीपिडित मृगौला पिडित लगायत विपत्तिमा परेका नागरिकलाई गदै आएको छु र यस्ता सहयोगि कार्यक्रम निरन्तर गरिरहने समाजसेवि बोहोराले बताए । यसै बिच आगलागी पिडितलाई बिभिन्न सहयोगी निकाय सरकारी तथा गैर सरकारी कार्यालयहरुले राहात वितरण हुर्नेक्रम जारीनै छ राहातमात्रै पाएका र घरपुर्ननिमार्णमा नहुदाँ यो चिसो मौसममा सास्ती खेपेर बस्नु परेको आगलागी पिडितहरु बताउछन ।
बिद्यार्थीलाई न्यानोकपडा
छायाँनाथ रारा नगरपालिका वडा नं १ घाटमा रहेको कर्णाली आधारभुत बिद्यालय घाटका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । चिसौमौसम संगै बिद्यार्थीमा परेको समस्यालाई मध्यनजर गदै समाजसेवि अंकल बोहोराले बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन ।
कर्णाली आधारभुत बिद्यालय घाटमा अध्ययनरत १५ जना बिद्यार्थीलाई न्यानोकपडा वितरण गरिएको समाजसेवि अंकल बोहोराले बताए । हिउँदको समयमा बिद्यार्थीलाई बिद्यालयमा पठनपाठन गर्न केहि राहातहोस भन्ने उदेश्यका साथ बिद्यालयमा अध्ययनरत १५ जना बिद्यार्थीलाई न्यानो कपडा वितिरण गरिएको समाजसेवि बोहोराले बताए ।
प्रतिक्रिया दिनुहोस