आज: २०८१ भाद्र २४, सोमबार
ePaper
होमपेज /  Breaking News

कर्णालीका जिल्लामा हिमपात: जनजीवन कष्टकर

  • रारा रैबार
  • २०७८ पौष १४, बुधबार मा प्रकाशित
  • ४०५ पटक पढिएको
  • मुगु: मंगलबार राति देखि परेको हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गहेको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो। कर्णालीका जिल्लमा लगातर बाक्लो हिउँ परेको छ । हिमपातका कारण आवतजावतम असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको हो । हिमपातले मुगु जिल्लाको राराताल आसपासका झण्डै २ फिट हिउँ जमेको र जनजीवन प्रभावित भएको छायाँना रारा नगरपालिका ७ का अर्जुन शाहीले बताए । यता मुगुको छिमेकी जिल्लामा जुम्लामा पनि हिपातले जनजीवन प्रभावित भएको छ । जुम्लाको माथिल्लो क्षेत्रमा १ फिट हिउँ जमेको छ ।

    हिउँले जुम्लाका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या भएको जुम्लाबाट पत्रकार दिलमाया शाहीले बताईन । उता डोल्पा जिल्लाको माथिल्लो क्षेत्रका समेत २ फिट भन्दा बढी हिउँ जमेको छ । कर्णालीका जिल्ला भइहेको हिमपाले पशुवस्तुलाई बाहिर निकाल्नै समस्या भएको छ । उता कालीकोटका उच्च हिमाली क्षेत्रमा हिपमातभएको छ भने बेशी क्षेत्रमा बर्षा भईरहेको छ । कालीकोटमा पनि चिसोले जनजीवन कष्टकरको भएको कालीकोटका पत्रकार हस्त चौलागाईले बताए ।

    कणाली प्रदेशका अरु जिल्लाको तुलानामा झनै हुम्लाका भारी हिमपात भएको छ । त्यसरी नै हुम्ला सिमिकोटमा पनि लगभग १ फिटसम्म हिमपात भएको र हिमपातले हुम्लाको एक मात्र हवाई सेवा बन्द भएको हुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए ।  हिमपातले कर्णालीकोे जनजीवन समेत प्रभावित बनाएको छ । मौसम बद्लीसंगै हिमपातले कर्णलीको तापक्रम माइनस १० सम्म पुगेपछि अत्याधिक चिसो बढेको छ । तर हिमपात नहुदाँ आजित भएका कृषकले हिमपातलाई सकारात्मक रुपमा लिएका छन् । चिसो संगै कर्णालीवासीलाई रुघाखोकी, टाइटफाइट जस्ता रोगले सताएका वेला हिमपातको चिसो थप कहर बनेर आएको छ ।
    कर्णालीमा हवाई सेवा बन्द
    हिमपातले कर्णालीका मुगु ,जुम्ला, हुम्ला डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्ला हिमापात भएपछि हवाई सेवा अवरुद्ध भएका हो । हिमपातले गर्दा कर्णालीका जिल्लाबाट तराई झर्ने र माथि आउने यात्रु मर्कामा परेका छन्। हिमपातले कर्णालीका डाँडाकाडा हिउले सेताम्य छन् । यसैबीच हिमपातले नाग्म गमगढी सडकखण्ड अबरुद्ध भएको छ । सडक बन्द हुँदा मुगुमा दैनिक उपभोग्य सामानाको आयतमा समस्या देखिन्छ।

    हिमपातले किसान खुसी
    हिमपाले भने कर्णालीका किसान खुसी भएका छन् । हिमपातले जनजीवन कष्टकर भएपनि खेतीपाती सप्रिने भयो भन्दै कर्णालीका किसान खुसी भएका हुन् । हिमपातसँगै अब कर्णालीका किसानहरू खेतबारीमा पस्नेछन् । बाँझो बारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउने कर्णालीवासीले योजना बनाइसकेका छन्। कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पु¥याएको छ। हिमपातले कर्णालीका जिल्ला र अन्य जिल्लाहरूमा निकै हुने कृषि बिज्ञहरू बताउँछन्। पछिल्लो समय भएको हिमपातका कारण चिसो बढे पनि किसानका लागि फाइदाजनक रहेको जिल्ला कृषि बिकास कार्यालय मुगुले जनाएको छ । हिउँलाई कुरेर बसेका कर्णालीका किसानलाई हिमपातले फाइदा भएको छ । लगाइएका गहुँ, जौ, उवाँ, फापर लगायतका बालीलाई हिमपातले फाइदा गरेको किसानको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस