आज: २०८१ चैत्र ५, बुधबार
ePaper
होमपेज /  Breaking News

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

  • रारा रैबार
  • २०७८ पौष १९, सोमबार मा प्रकाशित
  • ७३५ पटक पढिएको
  • aGb zqdf g]tf >]i7 sf7df8f}F, !@ k’; M g]skf -dfcf]jfbL s]Gb|_ sf] cf7f}F /fli6«o dxflwj]zgsf] bf];|f] lbgsf] aGb zq ;~rfng ub}{ g]tf gf/fo0fsfhL >]i7 . t:jL/M k|bLk/fh jGt÷ /f;;

    मुगु : नेकपा ९माओवादी केन्द्र०को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट २९ जना केन्द्रीय सदस्य चयन गरेको हो। जसमा सबैभन्दा बढी जाजरकोटबाट छन्। शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक जाजरकोटका हुन्।

    सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन्। त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन चयन भएका छन्। जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएका छन्।

    आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन्। तर‚ मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ। केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताए। उनका अनुसार मुगुका नेता मंगल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ। केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य संख्या रहेको छ।रासस

    प्रतिक्रिया दिनुहोस