आज: २०८२ जेष्ठ २३, बिहिबार
ePaper
होमपेज /  Breaking News

नेकपा एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

  • रारा रैबार
  • २०७८ माघ ५, बुधबार मा प्रकाशित
  • ८८८ पटक पढिएको
  • मुगु : नेकपा ( एमाले ) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लसहित समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुले जनाएको छ । गत पुस २७ गते उद्घाटन भई बन्दसत्र सुरु भएको एमाले अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति खोज्दै एक सातापछि बल्ल नयाँ पदाधिकारीको पूर्णता पाएको नेकपा एमालेका पार्टी सचिब डबल रोकायाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस