काठमाण्डौ : कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।
नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।
प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क भन्दा बाहिर थिए प्रहरीले उनको खोजी गरिरहेको थियो । पल शाहले अभिनय गरेको म यस्तो गीत गाउँछु ( २ ) अहिले प्रदर्शनमा छ ।
प्रतिक्रिया दिनुहोस