नेपाली कांग्रेस मुगुले घर घर जाऔं, नेपाली कांग्रेस जिताऔ अभियान सुरु गरेको छ । सोरु गाउँपालिकाको सोरुकोटमा शुक्रबार सभा आयोजना गरी अभियान शुभारम्भको घोषणा गरिएको हो । अभियानको निम्ति केन्द्रीय कार्यालयले डोल्पा जिल्लाका केन्द्रीय सदस्य कर्णबहादुर बुढालाई एक महिनाको लागि मुगुमा खटाएको छ ।
घर दैलोमा पुगेर जनतालाई कांग्रेसमा लाग्न उत्साहित गराउने र वामपन्थीहरुले गलत भ्रम फिजाएको एमसीसीबारे जनतालाई प्रस्ट पार्ने अभियानको मुख्य उद्देश्य रहेको केन्द्रीय सदस्यले बुढाले जानकारी गराए ।
अभियानका लागि जिल्लाको ४५ वटामा ४५ जना जिल्ला कार्यसमितिका पदाधिकारी महाधिवेशन र महासमिति प्रतिनिधि खटाइएको कांग्रेस सभापति ऐनबहादुर शाहीले सुनाए । जिल्ला कार्यसमितिले खटाएका प्रतिनिधि एक महिनासम्म वडामै बसेर कांग्रेस जनमत बटुल्न घरदैलो कार्यक्रम गर्ने सभापति शाहीको भनाइ छ ।आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन मिति तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस