आज: २०८१ अषाढ ३१, आईतबार
ePaper
होमपेज /  Breaking News

नयाँ मान्छे देख्दा लजाउने महिला ब्यक्तिगत सरसफाई देखि जिविकापार्जन

  • रारा रैबार
  • २०८१ अषाढ २१, बिहिबार मा प्रकाशित
  • ३३ पटक पढिएको
  • रारा रैवार स्रवाददाता
    असार १७, मुगु ः गाउँमा नयाँ मान्छे दैख्न बित्तिकै घुम्चोले मुख छोपेर लजाउने ग्रामिण भेगका महिलाहरु अहिले खुलेर बोल्नुका साथै ब्यक्तिगत सरसफाईलाई पहिलो प्रथामिकतामा राख्दै जिविकापार्जनकालागी बिभिन्न शिपमुलक कार्यमा अगाढी हसन थालेका छन । आफनो गाउँघरमा नयाँ मान्छे देख्न बित्तिकै घुम्चोले मुख छोपेर लजाउने ग्रामिण भेगका महिलाहरु बिभिन्न खाले तालिम, गोष्ठि र समुहका बैठक छलफलमा सहभागी हुन थालेपछी खुलेर बोल्नुका साथै ब्यक्तिगत सरसफाईलाई पहिलो प्रथामिकताममा राख्दै बिभिन्न खाले शिपमुलक आयआर्जनका कार्यक्रम संचालनमा ल्याउन थालेका हुन ।
    सोरु गाँउ पालिका वडा नम्बर ६,७,८, १० र ११ वडामा आई.एन एफ मुगु द्धारा संचालित समाबेशी बिकास शसक्तिकरण र जिबिकोपार्जन कार्यक्रम संचालित भएपछी उक्त परियोजनाका तालिम गोष्ठि, बैठक र छलफलले गर्दा आफुहरु निरधक्कका साथ खुलेर बोल्न सक्ने सिफ बिकास हुदै ब्यक्तिगत सरसफाई र जीविकोपार्जनलाई पहिलो प्रथामिकतामा राख्नमा आफुहरुमा परिवर्तन भएको आई.एन.एफ मुगुले आयोजन गरेको सामजिक लेखा परिक्षणमा सहभागी महिलाहरुले बताएकी थिईन ।
    गाउँमा नयाँ मान्छे देख्न बित्तिकै लजाउने हामी महिलाहरु अहिले खुलेर बोल्न सक्ने भएका छौ । सहिछाप गर्न नसक्नेहरु सहिछापा लगाउन सक्ने भएका छन । आधा पुरुषलाई राष्ट्रिय गान आउदैन हामी तालिम गोष्ठिमा सहभागी भएपछी हामीलाई राष्ट्रिय गान समेत पुरै कण्ठ छ । पुरुषहरु आफनो कमाई भन्दै जाँड रक्सिमा खर्च गर्न थालेपछी गिट्टि कुटेर भएपनी त्यसबाट आम्दानी भएको रकम महिलाहरुले स्थापना गरेका सहकारीमा मासिक बचत गर्ने गरेका छन । त्यति मात्र नभई सरसफाई आफनो लागी हो भन्ने ठानेर ब्यक्तिगत देखि घरपरिवार र समुदायको सरफाईलाई पहिलो प्रथामिकतामा राख्ने गरेको सोरु गाउँपालिका—८ प्रगतिशिल महिला समुहकी सदस्य रिठु रावलले बताईन । सोही गााउपालिका—१० लोहरी मष्टा समुहकी छिउरी मल्लले गाउँ महिलाहरु पुरुष भन्दा कुनै कम नभएको र पुरुष भन्दा महिला घरको काममा धेरै तल्लिन हुने भएकाले ब्यक्तिगत सरसफाई मात्र नभई सामन्य घरखर्चकालागी आई.एन.एफ मुगुबाट बिभिन्न खाले जीबकोपार्जनका शिप बिकासका तालिम प्राप्त गरी आर्थिकमा समेत टेवा पुग्ने काम गर्ने गरेको शनिबार धैनाकोटमा आयोजना गरिएको सामाजीक लेखा परिक्षणमा खुलेर बताएकी थिईन ।

    पहिला पहिला महिलाहरु आफनै गाउँघरम हुने भेला छलफलमा समेत खुलेर बोल्न चाहादैन थिए । अहिले बिभिन्न तालिम,गोष्ठि छलफल र बैठकमा सहभागी हुने मौका पाउन थालेपछी खुलेर बोल्नुका साथै ल्याप्चेबाट आफनो सहीछाप गर्ने भएका छन उनिहरु आ आफनो गाउँमा समुह गठन गरी सामुहीक बचत र सहकारी स्थापन समेत गरी घर परिवार र आफनो अािर्थक अबस्थामा टेवा पुग्ने खालको जीविकापार्जन गर्दै आएका छन । तालिम गोष्ठिकै कारणले आफनो ब्यक्तिगत सरसफाई देखि घरपरिवार समुदायको समेत सरसफाईलाई पहिलो प्रथामिकतामा राख्दै आएकाले पुरुषको तुलनामा महिलाहरु केही कम नभएको उदारणीय काम देखाउन थालेको सोरु गाँउपालिका—७ का वडा सदस्य पुर्णसिंह बुढाले बताएका छन ।
    सोरु गाँउपालिका—१० र ११ का बिकट मानीने धैना, कोट,शार्कीबाडा,गुरु गाउँ,लोली, हितबाडा, रोकायाबाडा दई,तलिबाडा कोटबाडा, लाम्तु, वडा नम्बर ८ का रुमा, कच्चे आसीधारा, नुवाकोट र तारापानी सोही गााउँपालिका—७ कै ख्याल्च, सिरुपाटा,बुम्च, गुईलपानी, पावरपानी र सिप र वडा नम्बर ६ का जिमा, पुरुमुरु, वन्जाह, र सोरुकोटका १ हजार २ सय ६१ घरधुरीका ६ सय ७५ महिलाहरु सहकारीमा आबद्ध छन । उनिहरुले आफनो गाउँ टोलम समुहमा गठन गरी समुहको निर्णय अनुसार कार्ययोजना तयार गरी बिभिन्न सरकारी तथा गैर सरकारी संस्थामा प्रस्थावन तयार पेश गर्ने गरी बिभिनन खाले जिविकोपार्जन हुने खालका योजना तथा कार्यक्रम समेत गाउँ बस्तिमा ल्याई संचालन गर्ने समेत क्षमता बिकास भएको आई.एन एफ मुगुका परियोजना संयोजक जुवारीलाल कार्कीले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस