आज: २०८१ बैशाख १४, शुक्रबार
ePaper
होमपेज /  Breaking News

काठमाडौ बस्ने युवाले गृह जिल्ला मुगुलाई सम्झिए

  • रारा रैबार
  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित
  • १०१० पटक पढिएको
  • रारारैवार संवाददाता
    साउन २२ मुग
    काठमाडौ बस्ने मुगाली यूवाहरुले आफनो गृह जिल्ला मुगुलाई सम्झिएका छन । कोरोना संक्रमणले मुलक आक्रान्त भएका बेला आम मुगााली जनता र मुगुलाई कर्मथलो बनाई सेवा गरिरहेका कर्मचारीहरुलाई कोरोनाको संक्रमण नहोस र कोरोना विरुद्धको यो लडाईमा थप ईट्टा थपियोस भन्ने हेतुले जिल्लालाई स्वास्थ्य सामग्रीहरु पठाएर सम्झिएका हुन ।
    अध्ययन,नोकरी तथा अन्य कामको शिलशिलामा काठमाडौमा रहेका नेकपा सर्मथक युवाहरुले चन्दा,आफनो लगानी तथा विभिन्न निकायहरुको समन्वयमा स्वास्थ्य सामगी्रहरु संकलन गरि जिल्ला विपत व्यवस्थापन समिती मार्फत स्थानिय सरकारहरुलाई हस्तान्तरण गर्न मुगुमा पठाएको नेकपाका जिल्ला सदस्य जित बहादुर मल्लले बताए ।

    काठमाडौमा रहेका मुगुका युवाहरु नवराज कार्की,मणिचन्द्र सार्की,दल बहादुर विक,सुर्य बहादुर रोकाया,नरेन्द्र गिरी,दिपक बाँनिया र खेमराज मल्लले सहयोग जुटाउदै मुगु जिल्लालाई स्वास्थ्य सामग्रीहरु पठाउनु भएको हो ।
    विहिबार जिल्ला प्रशासन कार्यालयमा युवाहरुले पठाएको १०० थान पिपिई सेट,सेनिटाईजर १०० लिटर,सर्जिकल मास्क १००० पिस,केएन ९५ मास्क १०० पिस,ग्लोव्स १०००सेट र फेससिट ग्लास ५० पिस नेकपा जिल्ला मुगु जिल्ला अध्यक्ष सुकविर बुढाले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितीका संयोजक कृष्ण कुमार निरौलालाई हस्तान्तरण गर्नुभयो ।

    सामान हस्तान्तरण पछि बोल्दै अध्यक्ष बुढाले भन्नुभयो काठमाडौंमा आफुलाई बस्न,खान समस्या नभैरहेको बेला आफनो स्वार्थलाई प्रवाह नगरि गृह जिल्लालाई सम्झेर चन्दा,सहयोग जुटाउदै स्वास्थ्य सामगी्र खरिद गरि पठाएकोमा युवाहरुलाई धन्यवाद दिन्छु , सरकारको एकद्धार प्रणालीको निती अनुसार स्वास्थ्य सामगी्रहरु हामीले जिल्ला विपत व्यवस्थापन समितीलाई दिएका छौ,समितीले आवश्यकता र औचित्यका आधारमा जिल्लााका चार वटै स्थानिय तहहरुलाई वितरण गरोस अध्यक्ष बुढाले भन्नु भयो ।

    सरकारले लकडाउन गरेपछि स्थानिय सरकारहरुले स्वास्थ्य सामगी्र,राहत लगायतका काममा तिव्रता दिएपनि गत साउन ६ गते मध्यरातीबाट सरकारले लकडाउन अन्त्य गरेयता पहिला भन्दा देशमा संक्रमित बढीरहदा तिनै तहका सरकारहरुमा कोरोना नियन्त्रण,रोकथाम,उपचार र राहतका विषयमा पहिलाको जस्तो कृयाशिलता देखिएको छैन त्यसैले खास गरि जनताको नजिकको सरकार स्थानिय सरकारहरुलाई पुनः राहत र स्वास्थ्य सामगी्रहरु जनतालाई उपलब्ध गराउने तर्फ ध्यान दिन आग्रह गर्दछु सदस्य जित बहादुर मल्लले भन्नुहुन्छ कोरोना रोकथाम,नियन्त्रण,उपचार र राहतका विषयमा स्थानिय सरकारहरुले गरेका काम सर्हानिय छन ।

    प्रतिक्रिया दिनुहोस