आज: २०८२ अषाढ २५, बुधबार
ePaper
होमपेज /  Breaking News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै दुई सांसदको दाबी पेश

  • रारा रैबार
  • २०८१ बैशाख २, आईतबार मा प्रकाशित
  • ५१० पटक पढिएको
  • २ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नउपा)कै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन् । उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबि पेश गरिएको छ ।केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि पेश गरेका हुन् । यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस