आज: २०८१ बैशाख २४, सोमबार
ePaper
होमपेज /  अन्तर्राष्ट्रिय

जर्मनी फुटबल क्लबका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

  • रारा रैबार
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित
  • ७१७ पटक पढिएको
  • जेष्ठ ९ मुगु
    जर्मनीको दोस्रो डिभिजनको फुटबल क्लब डाइनामो ड्रेसडेनका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।डाइनामोले हिजो आफ्ना थप एक खेलाडी र एक कोचिङ स्टाफमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । यसअघि डाइनामोका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो ।क्लबले खेलाडी तथा स्टाफमा कोरोना देखिएपछि सबैलाई आइशोलेसनमा राखेको थियो । कोरोना देखिएका दुवै जनालाई आइशोलेसनमा पठाइएको समेत क्लबले जनाएको छ ।यस्तै अन्य खेलाडीले भने भोलिबाट प्रशिक्षण थाल्ने छन् । कोरोना भाइरसको महामारी जारी रहेपनि जर्मनीको शीर्ष दुई डिभिजनका लिग गत शनिबारबाट सुचारु भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस