आज: २०८१ जेष्ठ ६, आईतबार
ePaper
होमपेज /  खेलकुद

एन्फालाई फिफाले दियो पाँच लाख डल

  • रारा रैबार
  • २०७७ बैशाख १४, आईतबार मा प्रकाशित
  • ७३९ पटक पढिएको
  • रारा रैबार १४ काड्माडौ
    अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फालाई पाँच लाख डलर दिने भएको छ। फिफाले आफ्ना सदस्य राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको हो। कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै फिफाले सहयोग गर्ने घोषणा गरेको थियो । घोषणा अनुसार उसले अहिले पाँच लाख डलर दिने भएको हो। यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने एन्फाले जनाएको छ। सदस्य राष्ट्रलाई सहयोग गर्ने क्रममा फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने छ। यो रकमबाट गरिने खर्चको सबै हिसाब किताब राख्नुपर्ने हुन्छ। यतिबेला विश्वमा जस्तै नेपालमा पनि कोरोनाको असर परिरहेको छ। जसका कारण एन्फाले सबै फुटबल गतिविधि बन्द गर्नुपरेको छ। एन्फाको मुख्यालय पनि बन्द रहेको छ भने अतिआवश्यक काम घरबाटै भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस