आज: २०८२ जेष्ठ १९, आईतबार
ePaper
होमपेज /  Breaking News

खाना पकाउने ग्याँसको मुल्य दुई सयले घट्ने

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • २८५ पटक पढिएको
  • वैशाख २० मुगु
    सदरमुकाम गमगढीमा बुधवार देखि लागु हुने गरि खाना पकाउने ग्याँसको मुल्य घटाउने निर्णय गरेको मुगु उद्योग बाणिज्य संघले जनाएको छ ।
    बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा देखिएकाले ग्याँसको मुल्यमा एकरुपता ल्याउने खाना पकाउने ग्याँस, डिजेल, पेट्रोलको मुल्य घटाउने निर्णय गरिएको संघले जनाएको छ । बुधबार बसेको संघको बैठकले दुई हजार प्रति शिलिण्डर विक्रि वितरण हुँदै आएको खाना पकाउने ग्याँसको मुल्य १८ सयमा विक्रि वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सवारी साधनका लागि प्रयोग हुने डिजेलमा प्रति लिटर ५ रुपैयाँ घटाएर  १ सय २५ र पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ घटाएर १ सय ४५ मा विक्रि वितरण गर्ने निर्णय गरिएको मुगु उद्योग बाणिज्य संघका  अध्यक्ष कमल बुढाले बताए ।

    सदरमुकाम गमगढी बजारमा व्यवसाय गरिरहेका व्यवसायिलाई मासिक रुपमा  आफ्नो व्यवसायको व्यवस्थापन गर्न सहज होस भनेर हरेक महिनाको अन्तिम शनिवार बजार बन्द गर्ने निर्णय समेत गरेको छ । संघको निर्णय नमान्ने व्यवसायिलाई पहिलो पटक पाँच सय जरिवाना गर्ने , पुन दोस्रो पटक पनि निर्णयको  उलंग्घन गरेमा एक हजार जरिवाना गर्ने निर्णय गरेको उद्योग बाणिज्य संघले जनाएको छ । सदरमुकाम गमगढी सडक सञ्जालसंग जोडिएको र बजारमा दैनिक उपभोग्य वस्तु लगायतका व्यापारिक सामान नेपालगञ्ज सुर्खेत देखि  सहज तथा सुलभ मुल्यमा आई पुग्ने भए पनि कति पय व्यवसायिले उपभोक्तालाई मार पर्ने गरि मन परि मुल्य असुल गरिरहेकाले उपभोक्ताको मर्कालाई बुझ्ने प्रयास स्वरुप संघले यस्तो निर्णय गरेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस