आज: २०८२ बैशाख २६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

कांग्रेस सभापतिको निर्वाचन साढे ३ बजेदेखि मतदान, आजै मतगणना

  • रारा रैबार
  • २०७८ मंसिर २८, मंगलबार मा प्रकाशित
  • ४२६ पटक पढिएको
  • रारारैवार संवाददाता
    मंसिर २८ काठमाण्डौ

    नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न साढे तीन बजेदेखि साढे सात बजेसम्म मतदान हुने भएको हो।

    राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा मतदान हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

    दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।

    देउवालाई तेस्रो स्थानमा आएका सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले सघाउने भएका छन्। कांग्रेसमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए भने ७६ मत बदर भएको थियो।

    मतदान सकिएको केही घण्टामै मतगणना शुरू गर्ने र आजै नतिजा आइसक्ने संयोजक घिमिरेले बताए।

    प्रतिक्रिया दिनुहोस