आज: २०८२ बैशाख २६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

सर्वोच्च प्रशासनको चेतावनीविरुद्ध कानुन व्यवसायीको नाराबाजी

  • रारा रैबार
  • २०७८ पौष ६, मंगलबार मा प्रकाशित
  • ४१५ पटक पढिएको
  • काठमाडौं : सर्वोच्च अदालत प्रशासनको चेतावनीविरुद्ध आक्रोशित कानुन व्यवसायीहरूले आज पुनः सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन्।

    सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन्। सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीले पछिल्लो समय शान्तिपूर्ण रुपमा धर्नाका कार्यक्रम गर्दै आएका थिए । कानुन व्यवसायीको आन्दोलनका कारण सर्वोच्चमा मुद्दा फैसलामा अवरोध भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस