आज: २०८१ माघ ३०, बुधबार
ePaper
होमपेज /  राजनीति

नगरपालिकाको नौं नम्बर वडा निर्विरोध उम्मेदवारी घोषणा

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ४५१ पटक पढिएको
  • बैशाख १९ मुगु
    आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि छायानाथ रारा नगरपालिकाको ९ नम्बर वडाले निर्विरोध उम्मेदवारी मनोनयन गरेको छ ।
    उम्मेदवारी मनोनयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गर्दा यस्तो देखिएको हो । नेकपा माओवादी केन्द्रका मणिचन्द्र रोकाया अध्यक्ष, नेपाली काँग्रेसबाट खुला सदस्य अजविर रोकाया र दलित महिला सदस्य छयाँउकला कामीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । त्यस्तै नेकपा एमालेबाट सदस्यमा सिंह बुढा र मधुकला बुढाले मनोनयन दर्ता गराएका हुन ।  वडा तहमा निर्वाचनमा भाग लिने राजनितिक दलहरुले एक अध्यक्ष, एक महिला सदस्य, एक दलित सदस्य र दुई खुला सदस्य गरि पाँच जना उम्मेदवारको मनोनयन गर्नु पर्ने प्रावधान छ । तर नगरपालिकाको वडा नम्बर ९ मुर्माबाट प्रमुख तिन दलले सहमति गरि पाँच जनाको मात्र मनोनयन दर्ता गराएका छन ।
     नगरपालिकाको प्रमुख पदमा अहिलेसम्म नेकपा एमालेका तर्फबाट जितबहादुर मल्ल र उप प्रमुखमा सुन्तला रोकाया सहित वडा तहका सबै पदमा उम्मेदवारको मनोनयन दर्ता गराउने प्रक्रया सकिएको छ । अहिले नेपाली काँग्रेसले प्रमुख पदमा हरिजंग शाहीको उम्मेदवारी मनोनयन दर्ता गरेको छ भने वडा तहका पदको लागि मनोनयन दर्ता गर्ने काम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस